काठमाडौं । कंचनपुरमा भारतबाट भन्सार प्रक्रिया पूरा नगरी ल्याइएका तथा दर्ताविनै संचालनमा रहेका विद्युतीय स्कुटरमाथि प्रशासनले निगरानी र कारबाही तीव्र बनाएको छ ।

सुरक्षा निकायले पछिल्लो समय विभिन्न स्थानबाट अवैध रूपमा भित्रिएका ई–स्कुटर नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रियाका लागि भन्सार कार्यालयमा बुझाउने क्रम बढाएको जनाएको छ । प्रशासनले यस्ता सवारीसाधनले राजस्व चुहावट हुनुका साथै दर्ताविनै संचालन हुँदा सडक सुरक्षामा समेत चुनौती थपिएको छ ।

भन्सार कार्यालय र जिल्ला प्रहरी कार्यालयले भन्सार छल्ने तथा दर्ता नगरी सवारी संचालन गर्ने कार्य कानुनविपरीत भएकाले नियमित अनुगमन जारी रहने बताएका छन् । नियन्त्रणमा परेका सवारीसाधन प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरिने जनाइएको छ ।

स्थानीय प्रशासनले विद्युतीय सवारी खरिद गर्दा भन्सार, दर्ता र अन्य कानुनी प्रक्रिया अनिवार्य रूपमा पूरा गर्न सर्वसाधारणलाई आग्रह गर्दै अवैध आयात रोक्न सीमा क्षेत्रमा निगरानी अझ प्रभावकारी बनाइएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय