रोल्पाको थबाङ गाउँपालिका–५, उवाकोट लभारामा बुधबार राति आएको पहिरोमा परी पाँचजनाको ज्यानगएको छ भने ८ जना बेपत्ताभएका छन् । रातिकरिब ८ः४० बजे माथिबाट आएकोपहिरोले ९ वटा घर, १ वटा घुम्ती पसल, २ वटा गोठ र १ वटाचर्च बगाएको प्रहरी नायब उपरीक्ष कपंचकुमार बाखुले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा १८वर्षीया शान्ति पुनमगर, ६० वर्षीय कमलबहादुर पुनमगर, ७५ वर्षीय दलबहादुर पुनमगर, ८० वर्षीया मनखना पुनमगर र ८५ वर्षीया हस्तकला रोकामगर रहेका छन् । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार प्युठानमा भेटिएका पाँचजनाको शवमध्ये तीनजनाको सनाखत भएको छ । प्युठानमा फेला परेका पाँच शव मध्ये ३८ वर्षीया जुनकुमारी पुन, ९ वर्षीय असिमपुन र ५ वर्षीय अशोक पुनका ेपहिचान खुलेको छ भने दुईजनाको पहिचान हुन सकेको छैन । त्यस्तै अजम्बर पुनमगर (८०), बलबहादुर पुनमगर (८०), तिलबहादुर पुनमगर (६१), मनिपुनमगर (६६) र महेन्द्र घर्तीमगर (३४) गरी पाँचजना बेपत्तामध्ये प्युठानमा भेटिएका दुई शव पहिचा नभएपनि बाँकी तीनजना अझै बेपत्ता सूचिमा रहने प्रहरीको भनाई छ ।
‘पहिरोले बगाएर शव त्यहाँ लगेको देखियो, तीनजनालाई फोटोमा हेरेर आफन्तले चिन्नुभयो’ क्षेत्रीले भने, ‘दुईजनाको अझै पहिचान भइसकेको छैन, शवहरु क्षत विक्षत भएकाले विभिन्न तरिकाबाट आफन्तले पहिचान गरे भने पक्का पक्की गर्छौं ।’पहिरोमा परी घाइते हिमाल पुनमगर (२२) र सञ्जय घर्तीमगर (२५)लाई थप उपचारकालागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार दिनभर नेपालप्रहरी, सशस्त्रप्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयबासीले उद्धारको काम गरेका थिए । सुलिचौर–थबाङ सडक खण्डको उवाखण्ड पहिरोको उच्चजोखिम क्षेत्रका रुपमा मानिन्छ । सडक विग्रेका कारण घटनास्थलसम्म हिडेर पुग्नुपर्ने र उद्धारमापनि कठिनाई भएको उद्धारमा सहभागी रेडक्रसकर्मी दीपेश विष्टले जानकारी दिनुभयो् ।






