विगत तीन वर्षदेखि चन्द्रागिरि क्षेत्रका आदरणीय दर्शक, श्रोता तथा नगरवासीको अपार माया, ममता र सहयोग पाउँदै आएको आवर न्यूज क्रिउले आफ्ना दर्शक तथा शुभेच्छुकहरूलाई महत्वपूर्ण जानकारी गराउन चाहन्छ। आवर न्यूज क्रिउ विगत केही समयदेखि सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रसारित केही कार्यक्रम तथा समाचारसँग सम्बन्धित व्यक्तिहरू आवर न्यूजसँग कानुनी तथा आधिकारिक रूपमा आबद्ध नरहेको जानकारी गराउद छ।

विशेषगरी विगतमा तथा निर्वाचनको समयमा समेत केही व्यक्तिहरूले आफूलाई आवर न्यूजको सञ्चालक, कार्यक्रम सञ्चालक वा प्रस्तोताका रूपमा प्रचार–प्रसार गरेको विषयमा संस्थाको ध्यानाकर्षण भएको  छ। आवर न्यूज क्रिउले रत्नमणी पाठक र दिनेश परियारले  आवर न्यूजका कार्यक्रम सञ्चालक तथा कर्मचारी नरहेको जानकारी गराउद छ। उनीहरूसँग आवर न्यूज क्रिउको कुनै आधिकारिक सम्बन्ध नरहेको तथा संस्थागत रूपमा कुनै कानुनी नियुक्ति वा जिम्मेवारीसमेत नदिइएको संस्था स्पष्ट पार्न चाहन्छ।

त्यसैगरी, आवर न्यूजको लोगो, ज्याकेट, परिचयपत्र, लेटरहेड तथा अन्य संस्थागत सामग्री वा प्लेटफर्म अनधिकृत रूपमा प्रयोग गरिएको विषयमा समेत संस्थाको ध्यानाकर्षण भएको छ ।आवर न्यूज क्रिउले आगामी दिनमा संस्थाको पूर्वस्वीकृति वा अनुमति बिना कुनै पनि व्यक्ति वा समूहले आवर न्यूजको नाम, लोगो, पहिचान वा संस्थागत सामग्री प्रयोग नगर्न तथा नगराउन आग्रह गर्दछ।

साथै, यसअघि समाजमा कसैलाई आवर न्यूजको नाममा कुनै प्रकारको विभेद, अत्याचार वा आर्थिक लेनदेन गरिएको प्रमाण वा जानकारी भएमा गोप्य रूपमा संस्थालाई इमेलमार्फत वा आधिकारिक सामाजिक सञ्जाल पेजमा सन्देश पठाई जानकारी गराउन सकिने  छ। प्राप्त सूचनाको उचित मूल्याङ्कन गरी आवश्यक प्रक्रिया अगाडि बढाइने छ।

अनुमति बिना आवर न्यूजको नाम वा पहिचान प्रयोग गरी गरिएका कुनै पनि प्रकारका सम्झौता, आर्थिक कारोबार वा लेनदेनलाई संस्थाको आधिकारिक कारोबार नमानिने भएकाले आम दर्शक, श्रोता, विज्ञापनदाता तथा नगरवासीलाई त्यस्ता गतिविधिबाट सचेत रहन आग्रह गरिएको छ। आवर न्यूज क्रिउले आफ्नो लोगो, ज्याकेट, प्रेस पास, सूचनाको हकसम्बन्धी कागजात, लेटरहेडलगायतका संस्थागत सामग्री कसले, कहाँ र कसरी अनधिकृत रूपमा प्रयोग गरेको हो भन्ने विषयमा थप तथ्य तथा समाचार क्रमशः सार्वजनिक गर्दै जाने  छ। साथै, यस विषयमा सम्पूर्ण दर्शक, श्रोता तथा नगरवासीको थप साथ, सहयोग र सुझावको अपेक्षा गरेको छ।

संस्थाले आफूलाई आवर न्यूजको प्रतिनिधि, कर्मचारी, सञ्चालक वा कार्यक्रम सञ्चालक भन्दै कुनै व्यक्ति वा समूहले सम्पर्क गरेमा सम्बन्धित व्यक्तिको आधिकारिकता पुष्टि गरेर मात्र विश्वास गर्न सबैमा आग्रह  छ।

आवर न्यूज क्रिउले दर्शक, श्रोता तथा शुभेच्छुकहरूले निरन्तर दिँदै आएको साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै संस्थासम्बन्धी थप आधिकारिक जानकारीका लागि Our News Crew को आधिकारिक वेबसाइट ournewscrew.com हेर्न अनुराेध गर्दछ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय