ललितपुर — ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी गृहमन्त्री सुधन गुरुङ फर्किएका छन्। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्कको औपचारिक उद्घाटन गर्न गृहमन्त्री गुरुङ सातदोबाटो पुगेका थिए। तर, पार्कमा निर्माण गरिएका शहीदका सालिक उनीहरूको वास्तविक अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि उद्घाटन कार्यक्रम रोकिएको हो।

पार्कमा उपस्थित शहीदका आफन्तहरूले सालिक निर्माणमा लापरबाही भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले निर्माण गरिएका सालिक शहीदहरूको वास्तविक अनुहारसँग नमिलेको भन्दै पुनः मूल्यांकन र आवश्यक सुधार गर्न माग गरेका छन्। गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनाको सालिक पार्कमा निर्माण गरिएको छ। करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले जनाएको छ। तर, उद्घाटनकै क्रममा शहीद परिवारबाट सालिकको स्वरूपमाथि प्रश्न उठेपछि पार्कको औपचारिक उद्घाटन अनिश्चित बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय