रसुवा भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी छ।संयुक्त उद्धार टोलीले आयोजनाका प्रतिनिधिसहित अडिट–३ टनेलभित्र गरेको खोजीका क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो।
जोखिमपूर्ण अवस्थामा रहेको टनेलभित्रबाट शव निकाल्न उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरण प्रयोग गरेको थियो। उपकरणको प्रयोग गरी ६ वटै शवलाई टनेलबाट बाहिर निकालिएको उद्धार टोलीले जनाएको छ।



यसै क्रममा टनेलभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति देखिएपछि सोही क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइएको छ।थप शव हुन सक्ने आशंकामा उद्धार टोलीले टनेलभित्रको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सतर्कतासहित खोज तथा उद्धार कार्य अघि बढाइरहेको छ।



