चन्द्रागिरि नगरपालिका–३, थानकोटका स्थायी बासिन्दा फोटोपत्रकार प्रकाश गोपाली ‘हरि गोपाल प्रधान संस्कृति तथा सम्पदा फोटो पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका छन्।राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे नेपाल) को २९औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा गोपालीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने फोटो पत्रकारिताको कदरस्वरूप प्रदान गरिएको यस पुरस्कारले गोपालीको व्यावसायिक योगदानलाई सम्मान गरेको छ।लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय गोपालीले आफ्नो व्यावसायिक यात्रामार्फत यस क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन्। उनको सम्मानले चन्द्रागिरिको पत्रकारिता क्षेत्रमा समेत गौरव थपेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय