चन्द्रागिरि नगरपालिका–५, किसिपिडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत शुभकामना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीका नेता, सांसद, विभिन्न तहका सदस्य तथा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो।
कार्यक्रममा सांसद डा. तोसिमा कार्की, सांसद खुस्बु सरकार श्रेष्ठ तथा पार्टीका नेताहरू अनिता श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ र टेकबहादुर पोखरेल सहभागी थिए। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसहित कीर्तिपुर र दक्षिणकाली नगरपालिकाका विभिन्न तहका सदस्यहरूको पनि उपस्थिति थियो।



आयोजकका अनुसार कार्यक्रमले चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली क्षेत्रका पार्टी सदस्य तथा स्थानीय जनसमुदायबीच भेटघाट, शुभकामना आदानप्रदान र संवाद गर्ने अवसर प्रदान गरेको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।



