काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी शुक्रबार बिहान पत्नी निकिता लामिछानेसहित भारततर्फ लागेका हुन्। लामिछाने बिहान काठमाडौं बाट हवाईजहाजमार्फत धनगढी पुगेका थिए। त्यहाँबाट उनीहरू भारत जाने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा मन्त्री प्रतिभा रावल पनि सहभागी छिन्। लामिछानेको सचिवालयका अनुसार उक्त भ्रमण निजी तथा पारिवारिक तीर्थाटन हो। भ्रमणका क्रममा लामिछानेले परिवारसहित भारतका धार्मिक स्थलहरूमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
उनीहरूले उत्तराखण्डको नैनीतालस्थित प्रसिद्ध कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्ने जनाइएको छ। तीन दिनको भ्रमणलाई सचिवालयले निजी तथा धार्मिक यात्राका रूपमा व्याख्या गरेको छ।






