कीर्तिपुर, काठमाडौं-  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेल सुरु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल सुरु भएको हो।

एनपीएलको तेस्रो सिजनको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका हुन्। उद्घाटनसँगै प्रतियोगिताको पहिलो खेलमा दुवै टोली प्रतिस्पर्धामा उत्रिएका छन्। खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। त्यसपछि सुदूरपश्चिम रोयल्स ब्याटिङमा उत्रिएको छ। एनपीएलको नयाँ सिजन सुरु भएसँगै नेपाली क्रिकेटप्रेमीमाझ प्रतियोगितालाई लिएर उत्साह बढेको छ। उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय