गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जानकारी दिएका छन्।प्राप्त विवरणअनुसार बा.अ. ०२२० नम्बरको जीप दुर्घटनामा परेको हो। जीप सडकबाट तल खसेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। दुर्घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको परिचय, घाइतेको अवस्था तथा दुर्घटनाको विस्तृत कारणबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय