डोल्पा-  डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठै जना कैदीको प्रहरीले पहिचान सार्वजनिक गरेको छ। शुक्रबार राति कारागारभित्र ४ दशमलव ६३ मिटर लामो सुरुङ खनेर उनीहरू फरार भएका हुन्।प्रहरीका अनुसार फरार हुनेमध्ये पाँच जना जबर्जस्ती करणी र तीन जना चोरी मुद्दाका अभियुक्त रहेका छन्। उनीहरू कारागारबाट सुरुङ खनेर भागेपछि सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार फरार कैदीहरूको खोजी कार्य तीव्र पारिएको छ। उनीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको छ।कारागारबाट एकैपटक आठ जना कैदी फरार भएपछि प्रहरीले सम्भावित स्थानहरूमा खोजी तथा निगरानी बढाएको जनाएको छ। फरार कैदीलाई चाँडो नियन्त्रणमा लिन आवश्यक सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरीले जनाएको छ। घटनापछि कारागारको सुरक्षा व्यवस्थाबारे थप चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय