नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठनबन्धन दलको सरकार सर्पको मुखमा परेको भ्यागुतो जस्तो भएको बताउनु भएको छ । मदन आश्रित दिवसमा बल्खुको मदननगरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देशको परिस्थिति अत्यन्तै विषयम परिस्थितिमा पुगेको भन्दै सत्ता गठबन्धन दल नीति, उद्देश्य र गन्तब्यविहीन रहेको आरोप लगाउनु भयो ।
ठूलो दलको हैसियतमा नेपाली कांग्रेसले यो परिस्थितिलाई सामान्य रुपमा लिनु गम्भीर विषय भएको बताउनु भयो । अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई हावा न चावाको पार्टी भएको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको गठबन्धन सत्ताको लागि मात्र बनेको सरकारी गठबन्धन भएको दाबी गर्नुभयो । अहिलेको सरकार राजनीति अस्थिरता र अराजकतामा अल्झिएको ओलीको भनाइ छ ।



अध्यक्ष ओलीले मदन भण्डारीको सपना अधुरै रहेको भन्दै समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न एमालेले जस्तोसुकै चुनौतीको सामना गर्न पनि तयार रहेको बताउनु भयो ।



