काठमाडौं । नेपालका १३ वटा परियोजनामा रुसले सहयोग गर्ने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको रुस भ्रमणका क्रममा रुसले विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको हो ।रुसले विद्युतीय रेलवे, अस्पताल निर्माण, राजमार्ग देखि नेपाली विद्यार्थीलाई मस्कोमा अध्ययनका लागि छात्रवृत्ति कोटा बढाउनेसम्मका परियोजनामा सहयोग गर्ने भएको छ ।

रुस भ्रमणको क्रममा रुसको उपल्लो सदन फेडरल एसेम्बलीका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्को, रुसी तल्लो सदन डुमाका अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोकाबीच भेटवार्ता भएको थियो ।

छलफलमा नेपालमा जीटुजी मार्फत् रासायनिक मल र गहुँ निर्यातमा रुसले चासो देखाएको थियो । रुसले गहुँ र रासायनिक मल बाहेक पेट्रोलियम पदार्थ पनि उपलब्ध गराउन सकिने प्रस्ताव पेश गरेको थियो ।अध्यक्ष तिमिल्सिनाको निम्तो स्वीकार गर्दै रुसको उपल्लो सदन र तल्लो सदनका प्रमुखले छिटै नेपालको भ्रमणका लागि प्रस्ताव पठाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय