पक्राउ पर्नेमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ रहेका छन् उनलाई बिहीबार बिहान सिंहदरबारभित्रै बाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका हुन। मियाँले चढ्ने सरकारी गाडी भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले प्रयोग गर्ने गरेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान क्रममा प्रहरीले गृह मन्त्रालयकै एउटा गाडी समेत बरामद गरेको छ।

प्रहरीले बि-एबी १४०५ नम्बरको सेतो नम्बर प्लेटको मन्त्रालयको गाडी बरामद गरेको हो। अहिले सो गाडीमा इम्बोस्ड नम्बर प्लेट राखिएको छ। पटक पटक नक्बर बदलेर उक्तगाडी प्रयोग गरि पैसा ओसार्ने गरेको समेत पाईएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मानिसहरूसँग पैसा उठाउने र ठगी गर्ने गिरोहले गृह मन्त्रालयको यो गाडी पटकपटक प्रयोग गरेको प्रहरीको दावी छ ।

अमेरिका पठाउने भनेर मानिस ओसारपसार गर्न र उनीहरूबाट असुल गरेको पैसा ओसार्न पनि यो गाडी प्रयोग भएको प्रहरीको दावी छ। यसअघि पनि उक्त गाडीको नम्बर पटकपटक फेरेर चलाइएको प्रहरी बताएको छ । कुनै समयमा उक्त गाडीको नम्बर बा १ झ १५८१ पनि रहेको थियो।

प्रहरी स्रोतका अनुसार यो गाडीको नम्बर फरकफरक कार्यालयको भनेर फेरिएको तथ्य बाहिर आएको छ। कहिले संस्थाको भनेको छ, कहिले मन्त्रालयको भनेर दुई चार पटक नम्बर प्लेट फेरेको पाएको प्रहरीले बताएको छ । गिरोहहरुले उक्त गाडी प्रयोग गरी चितवन पुगेको पाइएको प्रहरी स्रोतले दावी गरेको छ। विदेश पठाउने भन्दै कतिपय मानिसहरूलाई चितवन बोलाएर गिरोहका सदस्यहरूले अन्तर्वार्ता समेत लिएका थिए। सो अन्तर्वार्ता गृह मन्त्रालयले लिएको देखाउन गिरोहका सदस्यहरू सोही गाडी चढेर चितवन पुगेका देखिएको छ ।

सो गाडी गृह मन्त्रालय अन्तर्गत हज समितिको हो। यो समितिले नेपाली मुसलमानहरूलाई हज गर्न साउदी अरेबिया लैजाने व्यवस्था गर्छ। अहिले उक्त समितिका अध्यक्ष शमशेर मिया नै पक्राउ परेकाहुन।यो गाडी कसले चलाएर चितवन पुर्‍याएको थियो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ। सेतो नम्बर प्लेटको गाडी भएकाले पनि सहज रूपमा आवतजावत हुने गरेको थियो। गृह मन्त्रालयका धेरै सवारी चालक प्रहरी नै हुन्छन्। त्यसैले पनि उनीहरूलाई सहज भएको हुनसक्ने प्रहरी अधिकारीको अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय