भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने सम्बन्धी ठगी कार्यमा उनले समेत मिलेमतो गरेको खुलेपछि प्रहरीले उनलाई आज सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीले पुष्टि गरेका छन ।

बिहीबार अपरान्ह ५ बजे उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी समेत बढाएको थियो । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले रिजालको समेत नाम लिएका थिए । उनले बयानका क्रममा रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय