गत बर्षको तुलनामा यो बर्ष नेपालमा पर्वतारोहण गर्नेहरुको संख्यामा पचास प्रतिशतले वृद्धि भएको छ । वसन्त ऋतुको आगमन देखि आइतबारसम्म ४ सय २५ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन ।हिमाल आरोहणको लागि उत्कृष्ट र उपयुक्त मौसम मानिने भएकाले वसन्त ऋतुमा हिमाल आरोहण गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ ।

गत साल ३ सय २५ जना आरोहीहरुले पवर्तारोहण गरेका थिए भने यस वर्ष हाल सम्म ४ सय २५ जना आरोहिहरुले सफलतापूर्वक हिमाल आरोहण गरिसकेका छन् । गत सालको तुलनामा यस वर्ष ५० प्रतिशतले पवर्तारोहण गर्नेको संख्यामा वृद्धि भएको हो । २८ वटा हिमाल आरोहणका लागी १ हजार १ सय ७६ जना आरोहिहरुले अनुमति पत्र लिएका थिए ।

जसमा ७७ जना नेपालका र १ हजार ९९ सय जना विदेशि रहेको पर्यटन विभागले जनाएको छ । वसन्त ऋतुमा ६५ देशबाट ४ सय ७८ जना सगरमाथा आरोहण गर्ने आरोहिहरु रहेका छन् जसमध्ये १ सय २ महिला, र ३ सय ७६ जना पुरुष रहेका छन् ।२८ वटा हिमाल आरोहणका लागी अनुमति पत्र दिएको विभागले हालसम्म ७७ करोड ५३ लाख रोयल्टी संकलन गरिरहेको छ । जसमा ६६ करोड ५० लाख भन्दा बढि सगरमाथा आरोहणबाट संकलन भएको छ ।

पर्वतारोहणका लागी आरोहिहरुको संख्यामा वृद्धि भएसँगै लयमा फकिर्दै गएको पर्यटन क्षेत्रलाई थप टेवा पुग्ने देखिन्छ । पर्वतारोहण क्षेत्र अर्थतन्त्र सुधारको आधार बन्न सक्ने पर्यटन विभागको विश्वास छ ।वसन्त ऋतुमा सगरमाथा आरोहणका लागी विदेशि आरोहिहरुले ११ हजार डलर बुजाउनु पर्छ भने नेपाली आरोहिहरुले ७७ हजार बुझाउनु पर्ने छ ।

बसन्त ऋतुको सुरुवात देखि हालसम्म ११ जना आरोहिहरुले ज्यान गुमाइसकेका छन् भने २ जना विदेशि आरोहिहरु बेपत्ता रहेको विभागले जनाएको छ । कोरोनापछि सुस्ताएको पर्वतारोहण क्षेत्रले पुर्नजीवन पाएपछि पर्यटन व्यवसायी भने उत्साहित देखिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय