काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पीडा र व्यथा मात्रै पोखेको बताउनु भएको छ । उहाँले संसदमा पीडा र व्यथा मात्रै पोखेर केही नहुने बताउनु भएको हो ।

अध्यक्ष नेपालले सोमबारको संसद बैठकमा ओलीको उक्त अभिव्यक्ति घोचपेच शैलीमा आएको भन्दै आलोचना गर्नुभयो । नेपालले ओलीले आफ्नो सम्बोधनमा अरूलाई सत्तोसराप गरेको र आफुले गरेको कमजोरीलाई भने नस्वीकारेको समेत आरोप लगाउनु भयो । सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको भन्दै तत्काल कार्यान्वयनमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।

आइतबार संसद बैठकमा अध्यक्ष ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम स्वीकार गर्न नसकिने अडानसहितको धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय