सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाली नागरिता प्राप्त गर्दा प्रक्रिया पूरा नगरेको दाबी सहितको रिटलाई दर्ता प्रक्रियामा लैजान आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज युवराज सफल रिट दर्ता गर्न आदेश दिएका हुन । संवैधानिक इजलासको फैसला अनुसार काठमाडौं पुगेर लामिछानले नागरिकता लिएको तर सो कार्यमा पनि प्रक्रिया नपुगेको दाबी रिटमा छ ।
न्यायाधिस श्रेष्ठले सर्वोच्च प्रशासनको दरपिठको निर्णय बदर गरी सो कुरा इजलासबाट व्याख्या हुनुपर्ने भन्दै दर्ताको आदेश गरेका हुन । यो आदेशसगै रविविरुद्ध सर्वोच्चमा दुई थान रिट विचाराधीन हुने भएको छ । यसअघि अदालतमा महान्यायाधिवक्ता कार्यालयको राहदानी कीर्तेमा मुद्दा नचलाउने निर्णयविरुद्ध दायर गरेको रिट विचाराधीन रहेको छ । सो रिटमा लिखित जवाफ माग गर्ने आदेश सर्वोच्चले गरेको छ ।






