काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो अवलोकन गर्नुभएको छ ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा रहेको छ । राष्ट्रपति पौडेलले जावलाखेल पुग्नुभई भोटोको अवलोक गर्नुभएको हो । राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो । उहाँले जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो ।

भोटोजात्रा अवलोकनका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय