काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि सत्तापक्षले पशुपतिनाथ मन्दिरको गजुरका विषयमा आधारहीन आरोप लगाएको बन्दै बेल घेराउ गरेको थियो ।

सांसदहरुले बेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले पटक पटक बस्न आग्रह गर्दा पनि नमानेपछि बैठक २० मिनेटका लागि स्थगित गर्नुभएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीमाथी विनाआधार लगाएको आरोपको सरकारबाट प्रष्ट जवाफ नआएसम्म एमालेले संसद्‌ अवरोध कायमै राख्ने चेतावनी दिएको छ । संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले एमाले अध्यक्ष ओलीले पशुपतिनाथ मन्दिरमा सुनको सत्ता पित्तलको जलहारी हालेको भन्दै आरोप लगाउनु भएको थियो ।

यसअघि पनि आफ्ना आफ्ना सांसदलाई सभामुखले कारवाही नगरेको निहुँमा करिब नौ महिना लगातार एमालेले संसद अवरुद्ध पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय