काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाको बयान लिन शुक्रबारबाट सुरु गरिएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको र पठाउन खोजिएको भन्दै ३० जनाविरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

पक्राउ परेका १६ जनालाई काठमाडौं जिल्ला अदालतमा बयान लिइ सुरु गरिएको हो । आरोपित १४ जना अझै फरार छन् । उहाँहरुलाई ठगी, सरकारी लिखत कीर्ते, संगठित अपराध, राष्ट्रियहीतविरूद्धको अपराध र एकीकृत कसुरमा मुद्दा दायर गरिएको छ ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राई, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ व्यक्तिले नेपालीलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइ दिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय