काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरको जलहरीमा लगाइएको आरोप संसदको रेकर्डबाट हटाउने भएको छ । शीर्ष तीन दलका शीर्ष नेताको सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले जलहरीको विषयमा एमाले अध्यक्ष ओलीको संलग्नता नरहेको सदनलाई जानकारी गराउने सहमति भएको हो ।

नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले गत मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिको छानोमा सुनको भनेर पित्तलको जलहरी चढाइएको आरोप लगाउनु भएको थियो ।

आफ्नो अध्यक्ष माथी नै यस्तो गम्भीर आरोप लगाएर एमालेलाई सक्काउन खोजिएकोले स्पष्ट छानविन नभएसम्म संसद चल्न नदिने एमालेका सांसदहरुको अडान बाबजुद शुक्रबारको संसद बैठक अवरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय