नेकपा (एमाले)ले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई सम्मान गरेको छ । आइतबार च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल बुढामगरलाई पुष्पगुच्छासहित सम्मान गरेका हुन् । सो अवसरमा अध्यक्ष ओलीले बुढामगरले गरेको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको लागि मात्रै नभएर सबै नेपाली र विश्वकै लागि प्रेरणादायी रहेको बताए ।



कार्यक्रममा कीर्तिमानी आरोही बुढामगरले अपांगता भएका व्यक्तिहरुमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोण गरेको बताए । उनले अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि साथ र अवसर दिन आग्रह गरे ।



