फेसबुकमा अहिले लुक हु जस्ट डाइडु नामक स्क्याम व्यापक सुरु भएको छ । यसले भर्खरै कसको निधन भयो जानकारी लिनुहोस् भनेर लिंक पठाउने गरेको देखिएको छ । त्यसपछि लिंकमा क्लिक गरेमा तपाईको अकाउन्ट ह्याक हुन जान्छ । अनुसन्धानकर्ताहरूले प्रयोगकर्ताहरूलाई लुक हु जस्ट डाइड’ स्क्यामको बारेमा चेतावनी समेत दिएका छन् । यसमा ह्याकरले तपाईको फेसबुक अकाउन्ट नियन्त्रण लिन्छन् र सोही मेसेज तपाईको अकाउन्टबाट सबै प्रयोगकर्तालाई पुन पठाउछन। फेसबुकमा आएको लिंकमा ‘think you may know him/her’ वाक्य देखाउँछ ।
यसले गर्दा आफूले चिनेकै व्यक्तिको निधन भएको हो की भनेर भ्रमित भई धेरैले हतारिएर उक्त लिंक क्लिक गरिदिने गर्दछन् । हतारमा उक्त लिंक क्लिक गर्दा तपाईको फेसबुक अकाउन्ट नै ह्याक हन्छ ।सो लिंकमा क्लिक गर्दा अरू धेरै लिंक समेत खुल्ने गर्द्छन् । यस प्रकारको ह्याकका कारण स्क्यामरहरूले फेसबुक लगइन विवरणहरू सोध्ने र बैकिंग विवरणहरु पनि चोरी हुन्छ ।यसका साथसाथै फेक न्यूज लिङ्कहरूले पनि डिभाइसमा मालवेयर इन्स्टल गर्न सक्छन, जस कारण ह्याकरहरूलाई व्यक्तिगत डाटामा समेत पहुँच पाउन सक्छन् । एकपटक ह्याकरले तपाईंको खाता आफनो नियन्त्रण लिईसकेपछि तिनीहरूले तपाईंलाई लक गर्न सक्छन् र त्यसपछि तपाईंको खाताबाट तपाईंका साथीहरूलाई यस्तै सन्देशहरू पठाउन सक्छन् ।



यस प्रकारको स्क्यामबाट बच्न तपाईंले अपनाउन सक्ने केही सजिलो तरिकाहरू यस्ता छन्
1 शंकास्पद लिङ्कहरूमा क्लिक नगर्नुहोस् ।
2 यो वास्तविक हो वा होइन भनेर पुष्टि गर्न आफ्नो साथीसँग कुरा गर्नुहोस्।
3 साथै, आफ्नो उपकरण र सफ्टवेयर अपडेट गरेर राख्नुहोस् । एन्टिभाइरसर एन्टी–मालवेयर प्रयोग गरेमा पनि सुरक्षित रहन सकिन्छ ।



