विशेष अदातलले सहसचिव चुडामणि शर्मासहित ३जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । कर फस्र्यौट आयोगमा रहँदा अनियमितता गरेका भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित तीन जनाविरुद्ध १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवानाको माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो  ।

अख्तियारले कर फस्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि दोषी ठहर गरेको हो । अदालतले शर्मासहित तीन जनालाई गैरकानुनी सम्पत्तिमा सफाइ दिँदै राजश्व चुहावटमा दोषी ठहर गरेको हो । सजाय तोक्नका लागि जेठ २५ गते पेशी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय