रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्वरको जीप रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा बेलुका ५ बजेको समयमा दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना घटनास्थलमै मृत्यु भएको, १२ जना घाईते भएको वडा अध्यक्ष रेम बहादुर रानाले जानकारी दिए । घाईतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागी बुटवल तर्फ पठाएको वडा अध्यक्ष रानाले जानकारी दिए । मृतकहरुको पनि पोष्टमार्टमको लागी बुटवल तर्फ पठाएको उनले बताए ।

मृतक को को हुन भन्ने बारेमा प्रहरीले सोधपुछ गरिरहेको छ । जिप अत्याधिक लोड भएकोले साघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको जिप सडक बाट करीव ७० मिटर तल खसेको प्रहरीको पारम्भीक अनुसन्धान बाट देखिएको छ । घटनास्थमा ईलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र ईलाका प्रहरी सालझण्डी बाट प्रहरीहरु परिचालन भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय