विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । दक्षिण एसियाली मुलुकको आर्थिक स्थिति सार्वजनिक गर्दै आएको विश्व बैकले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यसअघि, नेपाल सरकारले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो । तर, नेपाल सरकारको प्रक्षेपणको तुलनामा विश्व बैंकले आर्थिक वर्ष २०२२–२३ मा झण्डै दोब्बर बढीले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

यस्तै, आगामी आर्थिक वर्ष २०२३–२४ मा ४.९ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । यसका साथै, आर्थिक वर्ष २०२४–२५ मा नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत रहने समेत विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकका अनुसार चीनको कमजोर आर्थिक वृद्धिदर र रुस–युक्रेन युद्धको असर दक्षिण एसियाली मुलुकमा परेको छ ।

यस्तै, कोरोना महामारीका कारण समस्यामा परेको अर्थतन्त्र बचाउनभन्दै नियामकले लिएको कडाइ नीतिले समेत आर्थिक वृद्धिदर प्रभावित बन्ने र अर्थतन्त्र समेत प्रभावित बनेको विश्व बैंकले बताएको छ । यसका साथै, बंगलादेशको ऊर्जा संकट र पाकिस्तानमा आएको भीषण बाढीले समेत दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रमा समस्या आइपरेको विश्व बैंकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय