कालिकोट । कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग.३ च ४६१० नम्बरको बोलेरो जीप रास्कोट नगरपालिका २ सेरामा दुर्घटना भएको हो ।
दुर्घटनामा रास्कोट वडा नम्बर १ का ४३ वर्षीय मनबहादुर साही र ३५ वर्षीया मनकुमारी शाहीको मृत्युभएको छ । गम्भीर घाइते एक जना रीता कुमारी शाहीको अवस्था चिन्ताजनक रहेको छ । बसपार्कमा गाडी स्टार्ड गरी राखेको अवस्थामा गाडी पछाडी गुड्दा खोलामा खसेर दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।






