नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमै समतामुलक समृद्धिको दिशामा लैजान आवश्यक रहेको बताएका छन् ।

बिहीवारबाट भक्तपुरमा शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले न्यायपूर्ण समाज निर्माणको लक्ष्यसहित नेपाल समाजवादी पार्टी बनेको भन्दै आफ्नो पार्टीले निकट भविष्यमा नै अन्य पार्टी भन्दा फरक पहिचान स्थापित गर्ने पनि बताए । उनले देशमा भ्रष्टाचारको अन्त्य गरी नेपाललाई बदल्न संकल्पसहित अघि बढ्नुपर्ने खाँचो रहेको पनि बताए । अध्यक्ष भट्टराईले पार्टीको मुख्य कार्यदिशा भनेको राजनीतिक कार्यदिशा भएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय