एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा चिकित्सकले सो सुझाव दिएका हुन् ।

युएसएडको सहयोगमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकपुरधाममा आयोजना गरेको सञ्चारकर्मीमाझ एन्टिमाइक्रोबियल रेसिस्टेन्टबारे जनचेतनामूलक कार्यक्रममा बोल्दै मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवम् बालरोग विशेषज्ञ डा. प्रमोद यादवले नेपाल सरकारको स्पष्ट गाइडलाइन हुँदाहुँदै पनि नेपालमा एन्टिबायोटिक औषधिको प्रयोग जथाभावीरुपमा भइरहेको बताए ।

आउने दिनमा भयावह अवस्थाको सिर्जना गर्न सक्ने भएकाले यसको प्रयोग गर्दा बिरामीहरूले ध्यान दिनुपर्ने उनको भनाइ छ । संक्रमण रोग विशेषज्ञ डा. सन्तोष दुलालले ७५ प्रतिशत सरुवा रोगहरू जनावरबाट मानिसमा सर्नेगरेको छ । विश्वभरमा ५० प्रतिशत एन्टिबायोटिक औषधि अनावश्यक रूपमा प्रयोग भइरहेको भन्दै यसले आउने दिनमा ठुलै समस्या निम्त्याउन सक्ने कार्यक्रममा सहभागी चिकित्सकको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय