रुपन्देही जिल्लाको लुम्विनी आसपासका भारतीय नाकाहरुबाट अवैध रुपमा रांगा तथा पाडाहरु नेपाल तर्फको बजारमा भित्रने क्रम बढेको छ । लुम्विनी सांस्कृतिक नगरपालिका अन्र्तगत महजिदियामा लाग्ने भैसी बजारमा अधिकांश भारतबाट अवैध रुपमा ल्याईएका रांगा तथा पाडाहरुको विक्री वितरण भइरहँदा पनि प्रशासन भने मुकदर्शक बनेको छ ।

मुख्यगरी सीमा वर्ती रु कर्मैली तरैनी, ठोठरी मुडिला, भुसौला करौता, डीहुली हड्वड्हवा र अन्य आसपासका ससाना नाकाहरुबाट रांगा तथा पाडाको तस्करी हुदै आएको छ । सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरुसंगकै मिलोमतोमा यसरी खुलेयाम रुपमा भारतीय गाउंबाट नेपाली बजारमा रांगा पाडाहरु भित्रने गरेका हुन् ।

महजिदियाको भैसी बजारमा हरेक हप्ताको सोमवार करीब १ हजारभन्दा बढी रांगा, पाडा तथा भैसीहरुको खरिद विक्री हुने गरेको छ । स्थानीय कृषकहरुले पनि आफ्नो घरको भैसी, राँगा, पाडा बजारमा ल्याउने भएपनि माग भने अवैध रुपमा भित्रिएका राँगा भैंसीहरुले ओगटेका छन् । खुला सीमानाको फाईदा उठाउंदै सीमा क्षेत्रबाट भित्रने यस्ता रांगा पाडाहरुबाट मासिक रुपमा राज्यको लाखौं रुपैयाँ राजश्व समेत गुम्दा सम्वन्धित निकायले भने चासो दिएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय