आज देखि देशको पूर्वी क्षेत्रमा भने तापक्रम केही घट्ने र जारी गर्मीमा राहत पुग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद्का अनुसार बादल नलाग्ने, पानी नपर्ने भएको दुई हप्ताभन्दा बढी भइसकेको छ । जसले गर्दा देशभर तापक्रम तथा गर्मी बढेको छ । पहाडी क्षेत्रमा भने छिटपुट रूपमा भए पनि पानी परेकाले तराईको तुलनामा गर्मी केही कम छ। तर तराईमा मौसम बदली र वर्षा ठप्प भएकाले अत्यधिक गर्मी भई जनजीवन कष्टकर बनेको छ। त्यहाँ केही दिनदेखि तातो हावा÷लु पनि चलिरहेको छ।

तर आजदेखि पूर्वी क्षेत्रमा भने बादल देखिने तथा हल्का वर्षा हुने सम्भावना देखिएकाले जारी गर्मीमा केही राहत पुग्ने अनुमान गरिएको महाशाखाका मौसमविद् वरुण पौडेल बताउँछन्। ‘बंगालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशको पूर्वी क्षेत्रमा भने बदली र वर्षाको सम्भावना देखिएको छ ।

कोशी प्रदेश र मधेश प्रदेशका पूर्वी भागसम्म त्यो प्रणालीको प्रभाव पर्ने देखिएको छ। जसका कारण केही मात्रामा भए पनि बदली र वर्षा भई गर्मीमा राहत पुग्ने सम्भावना छ। मध्य र पश्चिम तराईमा भने अझै केही दिन बदली र वर्षाको सम्भावना देखिएको छैन, जसका कारण तापक्रम घट्ने देखिन्न। आज साँझपख काठमाडौं उपत्यकामा पनि बादल लाग्ने र छिटपुट वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । ‘तर तापक्रम नै घट्ने सम्भावना नरहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय