काठमाडौं । आज असार १ । मगर समुदायले भुम्या पर्व मनाउँदै छन् । भुम्याको अवसरमा मगर समुदायले गाउँ तथा शहरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

यो पर्वमा मगर समुदायले भूमिलाई देवताको रूपमा पुजा गर्ने गर्दछन् । भूमिलाई पूजा गरे प्राकृतिक विपत्तिबाट बच्न सकिने विश्वास मगर समुदायमा रहि आएको छ । भुम्या थानमा पूजापाठ तथा नाचगान गरी बलि पूजा गरिन्छ । देवताको पूजापछि पाँच दिनसम्म लगातार भूम्या नाच नाचिन्छ ।

भुम्याको अवसरमा लुम्बिनी प्रदेश सरकारले रुकुम पूर्व, रोल्पा र दाङमा सार्वजनिक बिदा दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय