काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दाको थुनछेक बहस सकिएसँगै जिल्ला अदालत काठमाडौं परिसरको आसपासमा उच्च सुरक्षा तैनाथ गरिएको छ ।



न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने आदेश गर्नेछ । मोटो रकम लिई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन लागिएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राईलगायत १८ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।
अदालतको आदेशसँगै नेताहरूको पक्ष या विपक्षमा नाराबाजी, हुलदंगा हुने आशंकामा जिल्ला अदालत वरिपरि उच्च सुरक्षा खटाइएको हो ।



