काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमालेलाई जनताबाट कसरी अलग गर्न सकिन्छ भनेर भ्रम छर्नपटी लागेको आरोप लगाउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई देश र जनताको पक्षमा इमान्दार भएर काम गर्न सुझाव दिनुभयो ।

उहाँले गठबन्धनले जनतालाई अल्मल्याउने र राजनीतिप्रति जनतामा वितृष्णा जगाउने काम मात्र गरेको उल्लेख गर्नुभयो । सरकार र गठबन्धन दलले एमालेको विरोधमा समय खर्चिनु भन्दा देश र जनताको पक्षमा राम्रा काम गरेर जनताको विश्वास जितेर देखाउन आग्रह गर्नुभयो ।

सत्ता गठबन्धन भित्रका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लवसहित समाजवादी मोर्चा बनाउने विषयमा छलफल भइरहँदा अध्यक्ष ओलीले यसको औचित्यमाथि प्रश्न उठाउनु भएको थियो । उहाँले एमालेसँग मुकाविला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चाको कुरा ल्याइएको भन्दै एमाले राणा शासनको चाकडीबाट आएको पार्टी नभई कामको मूल्यांकनबाट आएको पार्टी भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय