काठमाडौं । काठमाडौंका सिनेमा हलमा सोमबारदेखि पूर्णरुपमा हिन्दी सिनेमालाई निषेध गरिने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भारतीय चलचित्र आदिपुरुषमा जानकी भारतीय छोरी हुन् भन्ने शब्दको भिडियो मूल भागबाट हटाउन भारतलाई तीन दिनको समय दिनुभएको थियो । भारतीय पक्षले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएको भन्दै महानगरले भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो ।
नेपालको राष्ट्र र राष्ट्रियता माथि आँच आउने यस्ता चलचित्रलाई महानगरले मात्र रोकेर केही नहुने हुँदा यो र यस्ता चलचित्रले भ्रामक सन्देश फैलाउने हुँदा यसलाई राज्यका सबै ठाउँबाट निषेध गरिनु पर्ने बताउनु भयो । उहाँले यस्ता चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्न मद्दत पुग्ने पनि बताउनु भयो ।



नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक नेपालीको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता विषयमा सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र मौन बस्दा ठूलो क्षति हुने पनि बताउनु भयो ।



