काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा एसईई सार्वजनिक गरेको छ ।
एसईईमा २२ हजार ४ सय ७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले ०.८ देखि १.२ जीपीए २ हजार २ सय जनाले ल्याएको जानकारी दिएको छ । १.२ देखि १.६ जीपीए ३८ हजार ७ सय ७० जनाले ल्याएका छन् ।

१.६ देखि २ जीपीए ८८ हजार ४ सय ४७, २ देखि २.४ जीपीए १ लाख २ हजार २ सय ९३ जना विद्यार्थीले ल्याएका छन् भने २.४ देखि २.८ जीपीए ८९ हजार ३ सय ३१ जना, २.८ देखि ३.२ जीपीए ६२ हजार ३ सय ६२ जनाले ल्याएका छन् । ५५ हजार ६९ जनाले ३.२ देखि ३.६ जीपीए ल्याएको बोर्डले जनाएको छ ।

परीक्षा बोर्डले पुरानै पद्धतिअनुसार नतिजा सार्वजनिक गरेपनि कक्षा–११ मा कुन–कुन विषय पढ्न कति ग्रेड हुनुपर्ने भनि सरकारले तोकेको छ । सी प्लस ल्याउनेले विज्ञान र गणित पढ्न पाउनेछन् । अंग्रेजी, नेपाली र सामाजिक विषय पढ्न न्यूनतम डी प्लस हुनुपर्ने छ ।

विज्ञान समूहअन्तर्गत फिजिक्स, बायोलोजी, केमेस्ट्री, म्याथ, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । विद्यार्थीले यी विषय अध्ययनका लागि न्यूनतम न्यूनतम जीपीए २ ल्याउनै पर्ने छ ।

यसैगरी जस्तोसुकै ग्रेड ल्याए पनि न्यूनतम् जीपीए १.६ प्रतिशत ल्याएका विद्यार्थीले सीपमूलक समूहमा मात्र भर्ना हुन पाउने छन् । मानविकी र शिक्षा संकायमा अध्ययन गर्न समग्रमा १.६ जीपीए अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय