काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ४ संस्कृतिको संरक्षण र सम्बद्र्धनमा जुटेको छ । यसैक्रममा वडा नं. ४ को महालक्ष्मी मिसा पुचः ले आफ्ना टोलका महिला तथा पुरुषहरुलाई हार्मोनियम तथा भजन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कुनै पनि बाद्यबादन वा कलालाई उजागर गर्नु पूर्व नाट्यश्वरको पूजा आरधान गर्ने परम्परा अनुरुप महालक्ष्मी पुचःले शनिबार चन्द्रागिरि नगरपालिका वडा नं. ४ स्थित नास द्यः अर्थात् नाट्यश्वर मन्दिरमा पूजाअर्जना र भजन गरी तालिम सम्पन्न गरेको हो ।

समापन कार्यक्रममा नगरपालिकाका प्रमुख घनश्याम गिरी, प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष कृष्ण प्रसाद साही, नगरपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख रश्मी श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रममा नगर प्रमुख गिरीले नगर क्षेत्रमा रहेका सांस्कृति तथा पौराणिक बाजागाजा संरक्षणमा लागि परेको बताउनु भयो । साथै उहाँले यस्ता तालिमहरुले पुस्तान्तरणका लागि सहज विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं. ४ का अध्यक्ष कृष्ण प्रसाद साहीले वडा क्षेत्रमा परापूर्वकालदेखि कुनै पनि कला प्रस्तुत गर्दा नाट्यश्वरको पूजा आराधना गर्दा भगवानको कृपा रही रहने विश्वासका साथ दीक्षित महिला समूहले नाट्यश्वरको पूजा गरेको जानकारी दिनुभयो । उहाँले थानकोटमा हुने नेवारी संस्कृति सम्पदाअनुसार विभिन्न कार्यक्रममा भजन–कीर्तन गर्नुपर्ने परम्पराअनुसार महालक्ष्मी मिसा पुचः ले आयोजन गरेको तालिमले भजन–कीर्तनको जगर्ने गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

तीन महिना अघि सुरु भएको हार्मोनियम तथा भजन प्रशिक्षण कार्यक्रममा करिव ३० जना महिलाले प्रशिक्षण लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय