बुटवलमा रहेको एक सहकारीले सहरलाई सफा, स्वस्थ र हरियाली बनाउने उद्देश्यले फोहोर व्यवस्थापन गर्न सुरु गरेको छ । बुटवल सरसफाई तथा बातावरण नामक सहकारीले कुहिने र नकुहिने फोहर संकलन गरी त्यसलाई आयआर्जनको श्रोत बनाइरहेको हो ।

बुटवल बजारको फोहर ब्यवस्थित र प्रभावकारीका रुपमा ब्यवस्थापन गर्न बुटवल सरसफाई तथा बातावरण संरक्षण सहकारीले पहल थालेको छ । सहकारीले बुटवल वडा नम्बर ७ र ८ को फोहरलाई कुहिने र नकुहिने फोहर संकलन गरी मोहोर निकाल्ने प्रयास सुरु गरेको हो । खेरगइरहेको फोहर तथा जैबिक पदार्थलाई स्रोतको रुपमा प्रयोग गदै नगर सफाइमा योगदान गरिरहेको सञ्चालक बताउछन ।

१९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा हाल सम्म डम्पिङ साइड निर्माण हुन सकेको छैन । बुटवल बजारमा जम्मा हुने फोहर तिनाउ किनार र बिभिन्न वडाका आसपासका क्षेत्रमा फाल्ने गरिदै आएको छ । यस्तोमा सहकारीले सहकारीले फोहोर व्यवस्थापनमा नमुना काय गर्दै आएको छ ।

सहकारीले कुहिने फोहरवाट मल उत्पादन र नकुहिने फोहर छुट्ट्¥यर अन्य बस्तु उत्पादनको लागि बिक्री बितरण गर्दै आएको छ । फोहर प्रशोधन उद्योगमा २५ जनाले प्रतक्ष्य रोजगारी समेत पाएका छन ।

सहकारीमा पर्याप्त पुजि र पूर्वाधार नभएकाले अहिलेलाई दुईवटा बडाको मात्रै फोहोर व्यवस्थापन गर्न सकिएको सञ्चालकको भनाइ छ । दुई वटा वडाको करिव छ हजार घरधुरीवाट उत्पादिन ८ टन फोहोर अहिले सहकारीले व्यवस्थापन गरिरहेको छ । सरकारीको प्रयासलाई विस्तार गर्न सके वडानम्बर एकदेखि ११ सम्मको फोहर शिवनगर सामुदायिक बन क्षेत्रमा रहेको प्रशोधन केन्द्रमा ब्यवस्थापन गर्न सकिने बताइन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय