रौतहटको देवाही गोनाही नगरपालिकामा गए राति एक पुरुषको घरमै हत्या भएको छ ।देवाही गोनाही ६ कर्कच कर्मैयाका ३५ वर्षिय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।



“राति सुतेकै स्थानमा साहको हत्या भएको हो ।” रौतहटका प्रहरी उपरिक्षक वीरबहादुर बुढा मगरले भने “उनको घाटीमा धारिलो हतियारले प्रहार भएको देखिएको छ ।” मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल पठाइएको उनले बताए ।
घटनाका बारेमा अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको उपरिक्षक बुढामगरले बताए । प्रारम्भीक अनुसन्धानका क्रममा मृतककी श्रीमतिले राति चारजना मान्छेहरु घर भित्र प्रवेश गरी आफुलाई छेउको कोठामा थुनेर श्रीमानको हत्या गरेको बताएकी छिन ।घटनाका अनुसन्धानका लागी तालिम प्राप्त कुकुरको प्रयोग गरेर अपराधी पता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।



