नेवार समुदायले आज गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाएका छन् । प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाउने गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व विशेष गरी राजधानीको भित्री शहरमा मनाउने गरिन्छ ।

नेवार समुदायले मनाउने चाडपर्वमध्ये सबैभन्दा जेठो मानिने गठेमङ्गल पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ । यसरी दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमंगललाई साँझ राक्षसको प्रतिकको रुपमा जलाउने चलन रहेको छ ।

गोपाल वंशावलीअनुसार गठेमंगललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा कायमै रहेको छ । यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाह्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुने जिनविश्वास छ । गठेमंगल अर्थात घण्टाकर्णको पूजाआराधना गरे आर्थिक एवं भौतिक उन्नति हुने विश्वास रहीआएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय