पर्वत । पर्वत कटुवा चौपारीकी बालिका सुबेदीलाई आफ्नै बहिनीको खुट्टामा डोरीले पशुलाई जस्तै राख्ने मन छैन । ९ वर्षीया बहिनी विमला सुवेदीलाई यत्तीकै छाडिदिने हो भने साँझ या बहिनी नै घरमा हुँदिनन् । भएपनि घरका सर सामान सबै सडक बारीमा हुन्छ । मानसिक समस्याले विछिप्त बहिनीलाई डोरीले बाँधेर मेला पात जानु पर्ने बाध्यता परिवारमा छ ।

आमाले बहिनी जन्माउँदा खुसीले उफ्रेको पल हिजो जस्तो मात्र लाग्छ सुवेदीलाई । तर, उनको खुसी हिजो आज दिनदिनै दुःखमा परिणत हुँदै आएको छ । बहिनी बिमला जन्मेपछि क्रमशः अशक्त हुँदै जान थाले पछि ८ वर्ष देखि घरको पालीको खाँबोमा डोरीले बाँधेर राख्नु परेको छ । बढ्दो उमेरसँगै बहिनीमा आएको मानिसक समस्या पनि देखा परेपछि परिवारले बाँधेर राख्नुको परेको हो । जसोतसो १२ कक्षा उत्तिर्ण गरेकी बालिकाको पारिवारिक अवस्था र बहिनीको हालत देख्दा माथिल्लो कक्षा पढ्ने उत्साह र जाँगर छैन उनीलाई । दिनभर खेती वारीमा काम गर्न जानु पर्ने परिवारलाई अहिले बहिनी हेर्ने र घरको रेखदेख गर्ने जिम्मा हजुरआमा सुमित्रा सुवदीको छ । नातिनीले आँखाले सबै महसुश गर्ने तर उनी बोल्न नसक्ने र कानले सुने पनि नबुझ्ने हुँदा घरमा जो कोही आएपनि आक्रमण गर्ने गर्दा डारीले बाँध्नु परेको हजुरआमा सुमित्रा सुवेदीले बताईन ।

अहिले अस्वभाविक क्रियाकलाप देखाउन थालेपछि ८ वर्ष यता घरको पालीको खाँबामा डोरीले बाँधेर राखिएको छ । घरमा बुढी हजुरआमा, आमा र दुई बहिनी मात्रै छन् । घरमा कमाउने कोही छैनन् । विहान बेलुका छाक टार्न बुबाले भारतमा सामान्य नोकरी गर्छन् । स्थानीय शिक्षक भागिरथ अधिकारीले परिवारको पीडा उजागर हुन नसक्दा मनकारी व्यक्ति र कुनै दातृ निकाय अहिलेसम्म सहयोगको लागि त्यहाँ नपुगेको बताउँछन् । बिहान खाए बेलुकी के खाने भन्ने चिन्तामा बाँची रहेका परिवारसँग बिमलाको उपचार गर्न सक्ने हैसियत पनि छैन । सम्पत्तिको नाममा एउटा एक्लो र सानो घर छ । यही सानो घरमा एकै साथ रोग, भोक र पीडाका अग्ला पहाडहरु एकै साथ खडा हुँदा परिवार थला पर्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय