काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसन स्तरोन्नति गर्ने भएपछि भोलि दिउँसो विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भोलि विहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो ।
टेकु सब स्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न उल्लेखित क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ ।







