नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा डेंगुविरुद्ध उच्च सतर्कता अपनाइएको छ ।

भारतसँग सीमा जोडिएको उपमहानगर पालिकाको स्वास्थ्य महाशाखाले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेंगु पुष्टि नभएको बताएको छ । डुंगुका विरामी सीमापारी र अन्य जिल्लामा देखिएपछि उपमहानगरपालिकाले उच्च सतर्कता अपनाएको हो ।

भारतलगायत नेपालका विभिन्न जिल्लामा डेंगुका बिरामी देखिन थालेपछि उपमहानगरपालिकाले मलेरिया र डेंगु फैलिन नदिनका लागि नेपाल–भारतको नाका जमुनाहामा ज्वरोका बिरामी भए नभएको परीक्षण गर्न थालेको छ ।

डेंगु रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने तथा सर्वसाधारणलाई सचेतना जगाउने उद्देश्यले अभियान थालिएको महाशाखाका प्रमुख रामबहादुर चन्दले जानकारी गराउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय