काठमाडौं । स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिएको छ । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि प्रहरी परिचालन गरी फोहोर बञ्चरेडाँडा लगिएको हो ।

तर, धादिङ र नुवाकोटको सीमानामा पर्ने धुनिबेँसी नगरपालिका–१ मा स्थानीयले अवरोधको प्रयास गरेका थिए । काठमाडौं महानगरपालिकाका अनुसार प्रहरी स्कर्टिङमा एक सयवटा टिपर बञ्चरेडाँडा पठाइएको छ ।

यसअघिको सम्झौता कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल पनि ठोस निष्कर्ष निस्कन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय