अज्ञात समूहको गोली प्रहारबाट धरानमा एकजनाको मृत्यु भएको छ । धरान ८ सेउती पुल नजिक अज्ञात समूहले गोली प्रहार गर्दा विराटनगरका २८ बर्षीय रोहित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ साढे ५ बजेतिर उनलाई तीन जनाको समूहमा आएर गोली प्रहार गरिएको बताइएको छ ।

गोली प्रहारबाट घाइते भएका चौधरीलको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । धनकुटा घुमेर फर्किने क्रममा सेउती पुलमा अज्ञात समूहले रोहितमाथि लुटपाट गरी गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय