सालिक जो कसैको बन्दैन । नेपालको हितमा योगदान दिएका व्यक्तिहरुको सालिक बनाउने प्रचलन पनि छ । मातृभूमी नवनिर्माण अभियान नेपाल बाँकेले नेपालगन्जको धम्बोझी चोकमा स्वर्गीय राजा बीरेन्द्रको सालिक पुनस्र्थापना गर्न हस्ताक्षर अभियान थालेको छ ।

२०६२-०६३ को आन्दोलन पछि एकाएक हटाईएको स्वर्गीय राजा बीरेन्द्रको सालिक पुनस्र्थापना गर्न मातृभूमी नवनिर्माण अभियान नेपाल बाँकेले पहल थालेको छ । राजा बीरेन्द्रको शासनकाल २०३९ सालमा नेपालगन्जको धम्बोझी चोकमा स्थापना गरिएको सालिक हटाईएपछि मातृभूमी नवनिर्माण अभियान नेपाल बाँकेले नागरिकको अभिमत लिएर पुनस्र्थापना गर्ने अभियानमा जुटेको हो ।

राजा बीरेन्द्रको सालिक पुनस्र्थापना गर्न राप्रपा, राजाबादी दल र शिवसेनाका तर्फबाट पटक पटक कोशिष गरिएपनि सफल हुन सकेको थिएन । नेपालगन्जको बीरेन्द्र चोकमा राजा बीरेन्द्रको पूर्णकदको सालिक राख्न गठन भएको मातृभूमी नवनिर्माण अभियान नेपाल बाँके द्धारा गठन गरिएको सालिक निर्माण समितिले नागरिकको अभिमत लिन हस्ताक्षर अभियान शुरु गरिएको हो ।

नेपालगन्जको बीरेन्द्रचोकमा स्थापना गरिएको राजा बीरेन्द्रको सालिक हटाईएपछि पछिल्लो पुस्ताले त्यो ईतिहाँस देख्न नपाएको भन्दै नेपाल प्रति योगदान पु¥याएका ब्यक्तिहरुको ईतिहाँस मेटाउन नहुने संचारकर्मी करुणा शाह बताउछिन् । उनले नेपालगन्जमा स्थापना गरिएका राजा त्रिभुवन, बीरेन्द्रको नामबाट नेपालगन्जको मूख्य बजारको नामाकरण भएको बताईन् ।

मातृभूमी नवनिर्माण अभियान नेपाल बाँकेले राजा बीरेन्द्रको सालिक राख्न थालेको अभियानलाई समर्थन जनाउदै नेपालगन्ज उपमहानगरपालिका १२ का स्थानीय अमित केसी राजनितिक ढंगले पूर्वाग्रह राख्नु भन्दापनि राजा बीरेन्द्रले पु¥याएको योगदान र उनको ईतिहाँस मेटाउन नहुने बताउँछन् ।

यसअघि थालिएका प्रयासहरुमा नागरिक, राजनितिक दल, स्थानीय प्रशासनको सहमती नभएकै कारण सफल हुन नसकेकाले मातृभूमी नवनिर्माण अभियान नेपाल बाँकेले अब सबैको सहमतीमा राजा बीरेन्द्रको सालिक पुनस्र्थापन गर्ने योजनाका साथ अगाडी बढेको छ । जनताको अभिमत लिएर मात्र अगाडी बढ्नुपर्छ भन्ने मान्यताका साथ हस्ताक्षर अभियान थालिएको हो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय