काठमाडौं । आज विश्व हेपाटाइटिस दिवस । ‘एक जीवन, एक कलेजो’ भन्ने नाराका साथ यो दिवस आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइँदै आइएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो आज । भाइरल हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रूपमा विकराल रूप लिँदै गएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांकअनुसार विश्वभरका ३२,५०,००,००० मानिसहरू भाइरल हेपाटाइटिस बी र सी बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना रोगबारे अनभिज्ञ रहने पनि तथ्यांकले देखाएको छ । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनका लागि जुलाइ २८ लाई हेपाटाइटिस दिवस मनाउन थालिएको हो ।

एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको सिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३,००,००० मानिसहरूको मृत्यु हुने गरेको डब्लूएचओको तथ्यांक छ । कलेजोको क्यान्सर हुन दिन हेपाटाइटिस भाइरसको मुख्य भूमिका रहने चिकित्सकहरुले बताएका छन् । हेपाटाइटिसलाई मुख्यगरी ए, बी, सी, डी र ई मा विभाजन गरिएको छ । यी पाँच प्रकारका हेपाटाइटिसहरू घातक र मृत्यु सरह मानिन्छन् ।

लागूपदार्थ दुव्र्यसनी, एचआइभी पीडित, प्रवासीहरूमा हेपाटाइटिसले बढी नै सताउने गरेको एक तथ्यांकले देखाएको छ । हेपाटाइटिसबारे जागरूकता बढाउनकै लागि हरेक वर्ष हेपाटाइटिस दिवस मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय