काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेट भएको हो । भेटवार्तामा एमालेले गरेको संसद अवरोध हटाउने तथा पछिल्लो समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिइएको एक सय किलो सुनको मालिक पक्राउ गर्न नसकेको भन्दै एमालेले गृहमन्त्रीको जवाफ माग गर्दै संघीय संसद्को दुवै सदन केही दिनदेखि अवरोध गर्दै आएको छ ।

यसअघि पनि एमालेले विभिन्न मुद्दाहरूमा संसद् अवरुद्ध गर्दै आएको भए तापनि वार्ताको माध्यमबाट सबै कुरा समाधान हुँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय