काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँस्थित मच्छेनारायणको दर्शन गर्न आउनेको संख्या ह्वात्तै बढेको छ ।

साउन २ गतेदेखि लागेको एक महिने मेलामा मेला व्यवस्थापनमा केही कमजोरी देखिएपछि नगरप्रमुख घनश्याम गिरीसहितको टोली मच्छेनारायण मन्दिर पुगेको थियो । उहाँले मेलामा सोचेभन्दा बढी भक्तजनको उपस्थिति हुँदा व्यवस्थापनमा केही कमी कमजोरी देखिएको भन्दै समितिलाई गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले दर्शनार्थीको सेवा र सुविधा नै नगरको पहिलो प्राथमिकता भएकाले समितिलाई आवश्यकता अनुसार नगरपालिकासँग समन्वयन गरी अघि बढ्न आग्रह गर्नुभयो ।

प्रमुख गिरीले मच्छेनारायणको दर्शन गर्न नेपालबाट मात्र नभई छिमेकी देशबाट पनि मेला भर्न आएको बताउनु भयो । उहाँले मच्छेनारायण मन्दिर चन्द्रागिरि नगरपालिकामा हुनु नगरको सान र गौरब भएको उल्लेख गर्नुभयो । उहाँले यही मन्दिरकै कारण स्वदेशमा मात्र नभई विदेशमा पनि चन्द्रागिरि नगरपालिका चिनिएको बताउनु भयो ।

मातातीर्थ, चन्दन भराटेश्वर मन्दिर, विष्णुदेवी मन्दिर, महालक्ष्मी मन्दिरलगायत यस्ता थुप्रै ऐतिहासिक मठमन्दिरहरु नगरभित्र रहेकाले पनि ऐतिहासिक सास्कृतिक नगरिको रुपमा चन्द्रागिरि परिचित रहेको उल्लेख गर्नुभयो ।

प्रमुख गिरीले साउन २ गतेदेखि लागेको मेलामा आजका दिनसम्म आउँदा लगभग ८ लाख भक्तजनले भगवान मच्छेनारायणको दर्शन गरिसकेको र एक महिनामा २० लाख बढी दर्शनार्थीले दर्शन गर्ने पनि दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय